काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी तिनदिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदैछन् । उनी भारत हुँदै दिउँसो नेपाल अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको अनुरोधमा वाङले नेपाल भ्रमण गर्न लागेका हुन् ।
वाङले नेपालका राजनीतिक दलका शीर्षस्थ नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । भेटमा दुई देशबीचको सम्बन्ध र विभिन्न परियोजनाबारे छलफल हुने बताइएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि चीनका उच्च अधिकारीको यो पहिलो नेपाल भ्रमण हो ।

Leave a Reply