केपी ओलीको जस्तै दाउपेच गरेर पार्टी बनायौँ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले जस्तै दाउपेच गरेर पार्टी गठन गर्न सफल भएको बताएका छन् ।

उनले ओलीलाई धेरै फुर्ती नदेखाउन चेतावनी दिँदै चुनावमा एमालेलाई धुलिसात पार्न सकिने दाबी गरे । आज एक कार्यक्रममा बोल्ने क्रममा नेपाल ओलीमाथि आक्रामक बनेका हुन् ।

उनले भने, ‘केपी ओलीको विचारमा क्रान्तिकारी ओज छैन । सिद्धान्तप्रति निष्ठा छैन । उनी दक्षिणपन्थिहरुसँगको साँठगाँठ र विदेशीको आडमा फुरफुर गरिरहेका छन् ।’

नेपालले अगाडि थपे, ‘४० प्रतिशत,४० प्रतिशत भनेर कुरेर बसिरहेका थिए । हामीले पनि घटाएर २० प्रतिशतमा झारिदियौँ । उनले मात्रै जानेका छन् दाउपेच ? हामीले पनि दाउपेच गर्‍यौँ । (पार्टी फुटाउने संख्या) २० प्रतिशतमा झारेर, अध्यादेश ल्याएर कानून बमोजिम निर्वाचन आयोगमा दर्ता गरेर यो पार्टी बनायौँ । साना दुखले आर्ज्या यो पार्टी होइन ।’

उनले आगामी निर्वाचनमा केपी ओलीको पार्टीलाई धुलिसात पार्न सकिने बताए ।

‘हामी सबै मिलेर अगाडि बढ्ने हो भने ओलीको पार्टीलाई धुलिसात पार्न सक्छौं । ओलीको घमन्ड चकनाचुर पार्नुपर्छ भने कांग्रेसमा त्यो भावना चाहिन्छ,’ उनले भने ।

Comments

4 responses to “केपी ओलीको जस्तै दाउपेच गरेर पार्टी बनायौँ : माधव नेपाल”

  1. ksp pyl Avatar
    ksp pyl

    भनाइ सुन्दा त के राजनीतिक नेता भन्नू ? मालपाेततिर दलाली गर्नेकाे जस्ताे भनाइ ।

  2. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    माधव नेपाल रूपमा वामपन्थी आन्दोलनका नायक हुन भने सारमा खलनायक यति नबुझेर केहि मान्छेहरू उनलाई मुख्य नेता मानेर कम्न्युनिष्ट आन्दोलन माथि उठाउने भ्रममा छन्।

  3. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    माधव नेपाल रूपमा वामपन्थी आन्दोलनका नायक देखिएका छन् भने सारमा खलनायक नै हुन यति नबुझेर केहि मान्छेहरू उनलाई मुख्य नेता मानेर कम्न्युनिष्ट आन्दोलन माथि उठाउने भ्रममा परेर पछि लागेका छन्। पछिल्लो समय माधव नेपालका गतिविधिहरूले बुर्जुवा दक्षिणपन्थी राजनीति बलियो बनाउने अभियानलाई सफल बनाउने प्रयास गरिरहेको छ।

  4. समिर Avatar
    समिर

    ए बाबा यति सारो क्रान्तिकारीले जाबो ओलीलाई एक्लै हराइदेउ न त । काँग्रेसको बैसाखी नभई अडिन पनि नसक्ने मनुवाले के ओलीलाई दक्षिणपन्थीसँग साँठगाँठ भनेर रोइलो गरेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *