काठमाडौं । कार्की बैङ्कटमा रिपोर्टिङका लागि पुगेका फोटो पत्रकारहरूले आफ्नो गल्ती स्वीकार गर्दै अब यस्ता घटना नदोहोरिने प्रतिबद्धता जनाएका छन् ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको रिपोर्टिङ गर्न कार्की बैङ्कट पुगेका हिमालय टिभीका श्याम थापा र बाह्रखरी डटकमका हरिस जंग क्षेत्रीबीच हात हालाहाल भएको थियो ।
सो घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त र हिमालय टिभीका प्रशासन प्रमुख राजेश श्रेष्ठको मध्यस्थतामा दुवै पक्षलाई मिलाइएको हो ।
दुवै पक्षलाई बोलाएर गरिएको छलफलपछि उनीहरूले आफ्नो गल्ती स्वीकार गर्दै अब आइन्दा यस्तो नगर्ने प्रतिबद्धता पनि जनाएका छन् ।


Leave a Reply