ढकालले पाए प्याब्सन राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले नेपाल समाचारपत्रका वरिष्ठ सहायक सम्पादक ईश्वरराज ढकाललाई प्याब्सन राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार-२०७८ प्रदान गरेको छ ।

प्याब्सनको १५ औं महाअधिवेशनमा आज आयोजित कार्यक्रममा पत्रकार ढकाललाई सम्मान गरिएको हो ।

विगत दुई दशकदेखि शिक्षा पत्रकारिता पेशामा लागेका पत्रकार ढकाललाई प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट प्रधानमन्त्री कार्यालयका राज्य मन्त्री उमेश श्रेष्ठले सम्मानपत्र र २५ हजार नगदसहित सम्मान गरे ।

सम्मान कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले निजी शिक्षाक्षेत्र उन्नयनको लागि निजी विद्यालयले खेलेको भूमिकाको प्रशंसा गरे ।

कार्यक्रममा प्याब्सनका अध्यक्ष टीकाराम पुरीले निजी विद्यालयले लगानीको संरक्षण, सम्पत्तिको सुरक्षा, छात्रवृतिमा भएको विभेद हटाउनुपर्नेमा जोड दिए ।

प्याब्सनका पूर्वअध्यक्ष एवं सल्लाहकार राजेश खड्कालाई प्याब्सन गौरव , बीएन शर्मा सानु अमात्य, डोलराज पाण्डे, नारायण अधिकारी र सरोज रायलाई प्याब्सन रत्न पदकबाट सम्मान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *