काठमाडौं । नेकपा एमालेले पाँच दलीय गठबन्धनका कारण पार्टीलाई अप्ठेरो पर्छ भन्ने मनोवैज्ञानिक प्रभाव पार्न खोजिए पनि गठबन्धन सामर्थ्यको प्रतीक नभएर कमजोरीको द्योतक रहेको दाबी गरेको छ ।
पार्टीको बुधवारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुन जरुरी रहेको उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ- गत निर्वाचनमा पनि कांग्रेस–माओवादी गठबन्धनसँगै लडेर स्थानीय तह निर्वाचनमा एमाले एक्लैले ४२ प्रतिशत स्थानमा विजय हासिल गरेका थियौँ ।
निर्वाचन नेकपा एमालेको विजयको आधार सुदृढ छन्,जसलाई सम्प्रेषित गर्दै निर्वाचनमा सफलताको आत्मविश्वासका साथ जान जरुरी छ ।


Leave a Reply