काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला सोमकार ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।हेँलो धातु आज रु ८०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ छ । यसको मूल्य सोमबार प्रतितोला ९९ हजार थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार ३९५ पुगेको महासङ्घले जनाएको छ ।

Leave a Reply