धनकुटामा एमालेविरुद्ध चार दलको गठबन्धन, संयुक्त चुनावी अभियान शुरु

धनकुटा । अघिल्लो स्थानीय तह निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा क्लीन स्वीप गरेको नेकपा एमालेलाई रोक्न यसपटक धनकुटामा क्रियाशील सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दल एकठाउँमा उभिएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीले सोमबार संयुक्त पत्रकार सम्मेलनमार्फत सातैवटा स्थानीय तहमा गठबन्धन गरेर जाने बताएका हुन् ।

कांग्रेस सभापति दिनेश राई, माओवादी संयोजक डिल्लीराम राई, नेकपा एसका अध्यक्ष अर्जुन राई र जसपाका अध्यक्ष बलबहादुर राईले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा आगामी वैशाख ३० गते हुने निर्वाचनमा उच्च राजनीतिक संस्कारसहित चुनावी सहकार्यमा जाने जनाएका छन् ।

चारवटै दलले आ-आफ्ना सांगठनिक संरचनाहरुलाई स्थानीयस्तरमा गठबन्धनको बैठक, भेलाको आयोजना गरी चुनावी अभियानमा लाग्न निर्देशन दिएका छन् । यसअघि कास्की र अर्घाखाँचीमा पनि सत्ता गठबन्धनले एमालेविरुद्ध मिलेर चुनाव लड्ने सहमति गरिसकेका छन् ।

Comments

One response to “धनकुटामा एमालेविरुद्ध चार दलको गठबन्धन, संयुक्त चुनावी अभियान शुरु”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    सक्ने भए एक्लै आउथ्यौ जनता तिमीहरूको रैती होइन परिवर्तनका वाहक हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *