एमाले बैठकमा घनश्याम र रघु पन्तले गरे वाम एकताको प्रस्ताव- हिक्मत र महेशको काउन्टर

काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठकमा वामपन्थी पार्टीबीच एकता गर्ने कि दुई दलीय अभ्यासमा जाने भन्ने विषयमा फरक कोणबाट छलफल भएको छ । बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसाल र रघुजी पन्तले वामपन्थी एकताको प्रस्ताव गरेका छन् ।

भुसाल र पन्त १० बुँदे सहमति गरेर नेकपा एमालेमा रहने समूहका नेता तथा तत्कालीन कार्यदलका सदस्यहरू पनि हुन् । दुवै नेताले अध्यक्ष केपी शर्मा ओलीलाई वामपन्थी एकताको पहल लिन आग्रह गरेको एक पोलिटब्यूरो सदस्यले बताए ।

प्रचण्ड-माधव नेतृत्वसहित अन्य वाम पार्टीहरूबीच एमालेले एकताको नेतृत्व गर्नुपर्ने र पार्टी एकता सम्भव नभए चुनावी एकतासम्म गर्न सकिने प्रस्ताव बैठकमा आएको छ । भुसाल र पन्तको सो प्रस्तावमा पोलिटब्यूरो सदस्य महेश बस्नेतले भने फरक मत राखेका थिए ।

उनले प्रचण्ड-माधव समूहमा रहेका कार्यकर्तालाई एमालेमा प्रवेश गर्न आह्वान गर्ने र देशभर नेकपा एकताको निरन्तरताका रुपमा माओवादी पंक्तिलाई एमालेमा समेट्ने बताए । उनले नेता मिलाएर पार्टी बलियो नहुने भन्दै कार्यकर्तालाई एमालेमा ल्याउने तर अहिले प्रचण्ड माधवसँग सहकार्य गर्न नसकिने बताएका थिए ।

उनले अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमा पनि नेपालमा अब दुईध्रुवीय राजनीति रहेकाले दुई पार्टी प्रणालीमा जाने गरी थप गर्न सुझाव दिएका छन् ।

बैठकमा स्थायी कमिटी सदस्य हिक्मत कार्कीले पनि वामपन्थी एकताको कुरा कर्णप्रीय भए पनि विगतका गल्ती समीक्षा नगरी प्रचण्ड-माधव समूहसँग एकताको कुराको अर्थ नहुने बताएका थिए ।

Comments

3 responses to “एमाले बैठकमा घनश्याम र रघु पन्तले गरे वाम एकताको प्रस्ताव- हिक्मत र महेशको काउन्टर”

  1. shojhoketo Avatar

    एमालेलाई टोकेर दु:ख दिन एमालेकै छालामा दांत गाडेर नियतबस केहि किर्ना अझै बसेका छन -तिनले एमाले पार्टी र तिनका नेतृत्वलाई घात हुने सिवाय अरु कुरै गर्दैनन् । तिनीहरुलाई नुन पानी दल्दिए आफैं झर्छन र थप पिडा दिंदैनन नत्र तिनले आगामी चुनामा आफ्नो बुताले भ्याएसम्म एमालेको बिपक्षी पार्टी र उमेदवारको प्रशंसा अनि आफ्नो पार्टी र नेतृत्वको आलोचना गरि बिपक्षीलाई जिताउन भोट हाल्छन र हाल्न लगांउछन् । यो त निश्चितै देखिन्छ ।

  2. युवराज अर्याल Avatar
    युवराज अर्याल

    बाम एकताको कुरा राम्रो भएपनि अहिले त्यो सम्भावना कम छ, अझै एमालेको अथवा खड्ग ओलीको नेतृत्वमा त कल्पना नै हो, ५ वर्षलाई दिएको जनमतलाई उपयोग गर्न नसकेर साढे तिन वर्षमै असंबैधानीक कदम चालेर प्राप्त उपलब्धिलाई सिध्याउन खोजेर बदनाम भएको एमालेका दर्जनौँ भ्रष्टाचार काण्ड, बलात्कार काण्ड, एमसिसी लगायतका राष्ट्रघाती सम्झौताको अगुवाइले एमालेसँग अरु पार्टी एकता वा तालमेल भनेर पनि आउने सम्भावना कम छ, त्यसैले खड्ग ओलीको अहंकार र दम्भको परिक्षण गर्न पनि एकपटक एमाले एक्लै चुनावमा जानुपर्छ र यसबाट आएको नराम्रो परिणाम पछी नयाँ ढङ्गले कम्युनिष्ट एकीकृत भएर जानुपर्छ, कम्युनिष्ट सुध्रन पनि एकपटक सबै पार्टी एक्लाएक्लै चुनाव लड्नुपर्छ ।

  3. kumar gurung Avatar
    kumar gurung

    माकुने र प्रचण्ड लाइ एमाले मा ल्याए फेरी यिनी हरुले मन्त्रि बन्ने रुख vote हाल्छ, यस्ता गद्दार लाइ फेरी ल्याउनु भनेको एमाले सिद्दिने हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *