काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको पोलिटब्यूरो बैठक सुरू भएको छ ।
बबरमहलस्थित कार्की बैंक्वेटमा सुरू भएको बैठकमा चैत ९-१० मा बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा र आसन्न स्थानीय चुनावको रणनीतिबारे छलफल हुने एमालेले जनाएको छ ।

चुनावी रणनीतिसँगै समसामयिक राजनीतिक परिस्थितिबारे छलफल पनि बैठकका एजेण्डा छन् ।
एमालेमा १९ पदाधिकारी र २६ स्थायी कमिटी सदस्यसहित ९९ सदस्य पोलिटब्यूरो छ । राष्ट्रियस्तरमा पार्टीसँग चुनावी तालमेल नगर्ने एमाले बताउँदै आएको छ । तर, स्थानीयस्तरमा भने त्यहाँको आवश्यकताअनुसार तालमेललाई एमालेले खुल्ला राखेको छ ।


Leave a Reply