काठमाडौं । भारतका लागि नेपाली राजदूतमा डा. शंकरप्रसाद शर्मा नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
डा. शर्मा यसअघि संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत रहेका थिए । मन्त्रिपरिषद्ले ३ महिनाअघि नै भारतका लागि राजदूतमा सिफारिस गरेपनि यसैसाता मात्रै शर्माको एग्रीमो आएको थियो ।

Leave a Reply