काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिक करिब सवा केजी सुनसहित पक्राउ परेका छन् । मलद्वारमा लुकाएको अवस्थामा
त्रिभुवन विमानस्थल प्रहरीले शुभम मेहरालाई पक्राउ गरेको हो ।
उनको साथबाट एक केजी २ सय ७० ग्राम सुन बरामद भएको हो ।
सुनलाई अर्धठोस बनाएर ल्याएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।

Leave a Reply