सिटिजन्स बैंकमा ई–केवाइसी सेवाको सुरुवात

काठमाडौं । सिटिजन्स बैंकले भौतिक रुपमा बैंकमा उपस्थित भई केवाइसी अध्यावद्यिक गर्ने बाध्यतालाई अन्त्य गर्दै इ केवाइसी सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्ग सेवालाई विस्तार गर्ने क्रममा आफ्नो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा सो सेवा संचालनमा ल्याएको हो ।

यो सेवा उपयोग गर्न, बैंकको वेवसाइट र मोबाइल बैंकिङ्ग एपमा उपलब्ध गराईएको लिङ्कमा गएर ग्राहकहरुले आफ्नो खाताको केवाइसी विवरणहरु बीना झन्झट अपडेट गर्न सक्ने छन् । आफ्नो केवाइसी फर्म अपडेट गर्नु अघि ग्राहकहरुले निश्चित भ्यालिडेसन प्रकृया पूरा गर्नुपर्ने हुन्छ । यो अनलाइन सेवाको प्रयोग गरि ग्राहकहरुले बैंकको शाखा जानु पर्ने झन्झटबाट मुक्त भई जुनसुकै ठाउँबाट मोवाइल वा कम्प्युटरको माध्यमबाट केवाइसी सेवा लिन सकिने छ ।

कियोस्क मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटीएम तथा बैंकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्ने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *