महाभारतको दुर्योधन र नेपालको राजनेता भनाउँदो केपी ओलीमा कुनै भिन्नता छैन : मन्त्री आले (भिडिओ)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले पहिलोपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सार्वजनिक रुपमा खनिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री आलेले ओली र महाभारतको पात्र दुर्योधनमा कुनै फरक नभएको भन्दै आउने वैशाख ३० गतेको निर्वाचनबाट ओलीले जवाफ पाउने बताए ।

आलेले भने– अझै त्यो व्यक्तिले आउने वैशाख ३० को निर्वाचनमा ६० प्रतिशत स्थानीय तह जित्छु भन्ने घमण्ड गरेका छन् । महाभारतको दुर्योधन र नेपालको राजनेता भनाउँदो केपी ओलीमा केही फरक छैन । जनताले वैशाख ३० गते जवाफ दिनेवाला छन् ।

आलेले ओली सरकारका पालामा बतासलाई कौडीको भाउमा नारायणहिटी संग्रहालय र पशुपति धर्मशाला दिएको आरोप समेत लगाए । उनले आफू मन्त्री पदमा रहुन्जेल कसैको शीर निहुरन नदिने समेत बताए ।

Comments

2 responses to “महाभारतको दुर्योधन र नेपालको राजनेता भनाउँदो केपी ओलीमा कुनै भिन्नता छैन : मन्त्री आले (भिडिओ)”

  1. वसन्त न्यौपाने Avatar
    वसन्त न्यौपाने

    कार्बनडाईअक्साईड झै आयो है कुरा । बिचारा कति दिन मन्त्री र नेता हुने हुन। सकिएको दिन जेल मा त होला बास यिनको ।

  2. N.Mali Avatar
    N.Mali

    सधै एक आपसमा लाल्छना, नाे देश विकास, जय हाेस नननननन नेपाली मन्त्री र नेताहरुकाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *