ओली नेतृत्वको संवैधानिक परिषद्ले गरेका नियुक्तिविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषदको सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै परेका रिटहरूमाथि संवैधानिक इजलासमा आज सुनुवाइ तोकिएको छ ।

ययसअघि न्यायाधीश हरि फुयाँलको एकल इजलासले संयुक्त बेन्चमा सुनुवाइका आगि आदेश दिएकोमा कामु प्रधानन्यायाधीश दीपक कार्कीले गत साता गोला नतानी सो मुद्दालाई आफ्नो इजलासमा राखेर लगत कट्टा गरी संवैधानिक इजलासमा पठाउने आदेश दिएका थिए ।

अधिवक्ता डा. गणेश रेग्मीले दर्ता गरेको रिट निवेदनमा १७ भदौ २०७८ मा जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दा अघि बढ्न सकेका थिएनन् ।

सर्वोच्च अदालतले नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनमा एमिकस क्यूरी पठाइदिन आग्रह गर्दै पत्र लेखेको थियो । संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा लगेर अनुकूल एमिकस क्यूरी र अनुकूल न्यायाधीशहरुबाट सत्ता गठबन्धनको पक्षमा फैसला गराउन खोजेको आशंका एमालेले गरेको छ ।

कामु प्रधान न्यायाधीश कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की,विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडा इजलासमा यसअघिको एकल इजलासको आदेश निरन्तर हुने वा नहुने भन्ने बहस समेत हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *