श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका–५ मा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । घटनामा संलग्न बिर्तामोड–५ का ४० बर्षीय श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधवार राती राउतले घरायसी बिवाद हुँदा आफ्नै श्रीमती ३९ बर्षीय खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए । श्रीमानको कुटाईबाट घाईते भएकि खेमजुङको कन्काई अस्पताल बिर्तामोडमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराटनर स्थित नोवेल अस्पताल लगिएकोमा उक्त अस्पतालमा उपचार हुन नसकि आफन्तले बिर्तामोड स्थित माईती घर ल्याएकोमा उनको बिहिवार राती मृत्यु भएको हो ।

घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जिल्ल प्रहरी कार्यलय झापाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *