उपत्यकामा सवारी जाँचमा कडाइ- ४९९ सवारी होल्ड, ३१ जना मापसेमा परे

काठमाडौँ । होलीको दिन दुर्घटनाको जोखिमलाई ध्यान दिँदै सवारीसाधन जाँचमा कडाइ गरिएको छ । बिहानदेखि ट्राफिक नियमन उल्लंघन गर्ने ४ सय ९९ सवारीसाधनलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।

यस्तै, मादक पदार्थ सेवन गर्ने ३१ जनालाई कारबाही र सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएका सवारीसाधनमा चार पांग्रे र दुई पांग्रे दुवै रहेको महाशाखा प्रमुख उमेशराज जोशीले जानकारी दिए । हेल्मेट नलगाउने, मापदण्डभन्दा धेरै चढेर हिँड्ने, लेन क्रस गर्ने सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

‘यो अपरान्ह चार बजेसम्मको तथ्यांक हो । दिनभरको केही बेरमा आउला’, एसएसपी जोशीले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *