काठमाडौं । होलीको दिन पारेर नेकपा एकीकृत समाजवादीले विशेष कार्यक्रम गरेको छ । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा नेकपा एसका नेता-कार्यकर्ताले होली मनाएका छन् ।

होली पर्वको अवसरमा आयोजित कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूलाई अध्यक्ष माधवकुमार नेपालले रङ लगाइदिए । उपाध्यक्ष जयन्ती राई, महासचिव गंगालाल तुलाधर, प्रवक्ता जगन्नाथ खतिवडालगायत उपस्थित थिए ।
युवा कार्यकर्ता एवं युट्यूब भाइरलम्यान पुण्य गौतम पनि होलीमा रमेका थिए । गौतम नेकपा एसको सल्लाहकार परिषद्मा छन् ।
हेर्नुस् केही तस्बिरहरू :



Leave a Reply