काठमाडौं । होलीका अवसरमा काठमाडौं जेसीजले होली विशेष कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा भएको विशेष कार्यक्रम जेसीजको एरिया सीअन्तर्गत रहेका २७ वटा शाखाहरूको आयोजना र काठमाडौं जेसीजको मुख्य आयोजनामा गरिएको हो ।

सो कार्यक्रममा दीपक लिम्बु, कमल खत्री, विश्व नेपालीलगायतका राष्ट्रिय कलाकारहरूले सांगितिक प्रस्तुति दिएका छन् । होली कार्यक्रमको मिडिया पार्टनरको रूपमा नेपाल प्रेस रहेको छ ।
कार्यक्रमबाट संकलन गरिएको रकम सामाजिक कार्यमा खर्च गरिने काठमाडौं जेसीजका अध्यक्ष अनुप सुनुवारले बताए ।
टुबोर्गले मुख्य प्रायोजन गरेको कार्यक्रममा ‘केटिएम रस’ सोसल मिडिया पार्टनरको रूपमा रहेको छ ।

तस्बिरहरू : उमेश कार्की ।

Leave a Reply