इस्लिङटनमा होली कार्यक्रम

काठमाडौं । इस्लिङटन कलेजले विद्यार्थी, शिक्षक र कर्मचारीको साथमा रङको उत्सव होली मनाएको छ । कोभिड–१९को कारण विगत दुई वर्षदेखि रोकिएको होली यो वर्ष मनाएको हो । धोबीधारास्थित कलेजको कुमारीहलको ब्लकमा आयोजना गरेको होली कार्यक्रममा विभिन्न खेलकुद, फुड स्टल, सांस्कृति कार्यक्रम प्रस्तुत गरीएको थियो ।

कलेज कर्मचारी, विद्यार्थी र शिक्षक, विभिन्न क्षेत्रका व्यक्तित्वलाई आमन्त्रीत गरी मनाइएको होली उत्सव–२०२२ मा विभिन्न कलाकारले आफ्नो प्रस्तुति दिएका थिए ।

कलेजले हरेक क्यालेण्डर वर्षमा मनाउने यो पर्व विगत दुई वर्ष यता मनाउन सकेको थिएन । कलेजको क्यालेण्डर अनुसार मनाइएको होलीमा कलेजका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत , विभिन्न विभागीय प्रमुख, सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *