कांग्रेस नेता महर र आविष्कार केन्द्रका अध्यक्ष पुनबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनसँग भेटवार्ता गरेका छन् ।

केन्द्रको मुख्यालयमै पुगेर युवा नेता महरले अध्यक्ष पुनसँग कांग्रेस पार्टी र सरकारले अवलम्बन गर्नुपर्ने नीतिका बारेमा छलफल गरेका हुन् ।

छलफलपछि अध्यक्ष पुनले तिनै तहको सरकारले पुँजीगत बजेटको कम्तीमा पनि १ प्रतिशत आविष्कार, अनुसन्धान र प्रविधिका क्षेत्रमा विनियोजन गर्नुपर्ने सुझाव दिएका नेता महरले बताए ।

पुनको सुझावपछि छलफलका क्रममा नेता महरले काग्रेस पार्टी ‘गाउँ गाउँ जाउ कांग्रेस जिताउँ’ अभियानका साथ चुनावमा जान थालेको र पार्टीका तर्फबाट तिनै तहको निर्वाचनका लागि घोषणा पत्र निर्माण गर्दा आविष्कारअनुसन्धानको विकासमा १ प्रतिशत बजेट विनियोजन गर्न पार्टीमा प्रस्ताव पेस गर्न हरसम्भव प्रयास गर्ने बताए ।

महरसँगै आविष्कार केन्द्र पुगेका जनसम्पर्क समिति अमेरिकाका अभियान्ता ओम कोइरालाले आविष्कार केन्द्रको विकासका लागि निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *