युरोकपमा हृदयघात भएर मैदानमै ढलेका एरिक्सन डेनमार्कको टोलीमा फर्किए

कोपेनहेगन । गत वर्ष आयोजित युरोकपको एक खेलमा हृदयघात भएर मैदानमै ढलेका डेनिस स्ट्राइकर क्रिस्टियन एरिक्सन पहिलोपटक राष्ट्रिय टोलीमा फर्किएका छन्।

डेनमार्कले मार्चको अन्तिम साता नेदरल्यान्ड्स र सर्बियासँग मैत्रिपूर्ण फुटबल खेल्दै छ। स्पेनमा हुने प्रशिक्षणमा एरिक्सन सहभागी हुनेछन्।

एरिक्सनको मुटुमा पेसमेकर जडान गरिएको छ। हृदयघात भएपछि इन्टर मिलानले उनलाई रिलिज गरेको थियो। त्यसपछि ब्रेन्टफोर्डले गत जनवरीमा उनलाई भित्र्याएको थियो। फेब्रुअरीको अन्तिम साता न्युकासलविरुद्ध भएको खेलमा एरिक्सनले वैकल्पिक खेलाडीका रुपमा पहिलोपटक खेल्ने अवसर पाएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *