घनश्यामलाई ओलीको व्यंग्य- कम्युनिष्ट सरकार ढाल्नेसँग नमिले एमालेको सर्वनाश हुन्छ रे ! (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट नमिले सर्वनाश हुने भनी आफ्नै पार्टीका नेता घनश्याम भुसालको पछिल्लो अभिव्यक्तिप्रति व्यंग्य गरेका छन् । भुसालले कम्युनिष्ट पार्टीहरू आउने स्थानीय चुनावमै मिल्नुपर्ने बताएका थिए ।

अखिल नेपाल महिला संघको बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भुसालको नाम नलिई तथाकथित बुद्धिजिवीहरूले कम्युनिष्ट नमिले एमाले सिद्धिन्छ भन्ने ढंगले निरास बनाए पनि एमाले एक्लै जित्न सक्षम रहेको बताए ।

ओलीले भने, ‘नेकपा एमालेका बारेमा कम्युनिष्ट पार्टीहरू मिल्ने कि समाप्त हुने भनेर तथाकथित बुद्धिजिवी त्यसामा कोही कम्युनिष्टको खोल ओढेका पनि हुन्छन् उनीहरूले लेख्छन् र निरास बनाइदिन्छन् । हिजोमात्रै मोहन वैद्यले स्थानीय चुनाव बहिष्कार गर्ने भन्दै थिए । किन बहिष्कार गर्ने भन्दा कहिँ जित्ने नभए । अब त्यो पार्टीसँग मिलेर चुनाव लडेन भने एमाले सिद्धिन्छ रे । एउटा बुद्धिजिवीलाई त्यस्तो लागेछ ।’

एमाले एक्लैले स्थानीय चुनावमा ६० प्रतिशत जित्ने दाबी उनले गरे ।

ओलीले भने, ‘माधव नेपाल भन्ने गुटलाई भनेको कि एमालेलाई ? एमालेलाई भनेको हो भने यस्तो जिस्काउने कुरा नगर्न म सबैलाई सुझाव दिन्छु । झण्डै दुईतिहाइको हैसियतमा रहेको कम्युनिष्ट पार्टीलाई फुटाउने कम्युनिष्ट हुन्छ आफ्नो पार्टीको सरकारलाई भोट नदिएर भाग्ने,अन्त गएर भोट हाल्ने । पार्टीलाई भोट हाल्न परे नहाल्ने, प्रतिक्रियावादीलाई परे पछिल्लो ढोकाबाट गएर भोट हाल्ने । यस्तालाई कम्युनिष्ट मानेर एमालेले मिलिदिनुपर्ने ?’

अध्यक्ष ओलीले देशमा दुई खाले राजनीतिक शक्ति रहेको भन्दै कम्युनिष्ट एकता भनेर गीत गाउँनु बेकारको तमासा भएको बताए । कम्युनिष्ट पार्टी ढाल्न बाहिर गएर भोट हाल्ने, अनि दक्षिणपन्थी सरकार बनाउनेहरूलाई एमालेले कम्युनिष्ट मानेर बोक्न नसक्ने बताए ।

Comments

One response to “घनश्यामलाई ओलीको व्यंग्य- कम्युनिष्ट सरकार ढाल्नेसँग नमिले एमालेको सर्वनाश हुन्छ रे ! (भिडिओ)”

  1. Giriraj Lamsal Avatar
    Giriraj Lamsal

    दम्भको पनि पराकाष्ठा होला?यहि दम्भकै कारण दुइतिहाइ सरकार ढल्यो।अरुको कुरै नसुन्ने र असहमत हुने लाई देखि नसहने प्रवृत्ति का कारण हुँदा छदाको प्रदेश सरकार पनि ढल्यो अझै केको चुरिफुरी?आफु एकता बिरोधि भएको पुष्ठि गर्दै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *