वसन्तपुरमा बनाइएको कंक्रिट फुटाउनुपर्छ, मेयर सा’बले मनपरी गर्नुभएन : उपमेयर (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) ले वसन्तपुर डबलीमा बनाइएको कंक्रिट संरचना फुटाउनुपर्ने बताएकी छन् । आज अनुगमनमा त्यहाँ पुगेकी उनले सम्पदा सूचीकृत ठाउँमा महानगरको मात्र अधिकार नहुने बताइन् ।

बोर्ड बैठकबाट पास नगरी झण्डा राख्न लागिएको भन्दै उनले भनिन्, ‘यो सम्पदा सूचीमा रहेकाले फुटाउनुपर्छ । यो हाम्रो मात्र अधिकारको कुरा होइन । सबैसँग सल्लाह गरेर राख्नुपर्थ्यो । ८/८ वटा झण्डा किन राख्नुपर्‍यो ? मनपरी त गर्नुभएन नि म मेयरसा’बसँग कुरा गर्छु ।’

उनले संरचना हटाउन मेयरलाई भन्ने बताइन् ।

महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदामा पुरातत्व विभागको अनुमतिबिना कंक्रिट संरचना बनाइएको भन्दै हटाउन मागसहित विरोध समेत भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *