काठमाडौं । नवलपरासीमा एक ६५ वर्षीया वृद्धा श्रीमान्को हत्या आरोपमा पक्राउ परेकी छिन् । प्रहरीले बुलिङटार गाउँपालिका-५ राईकोटकी श्यामकुमारी भिरकट्टालाई पक्राउ गरेको हो ।
घरायसी विवादका क्रममा श्यामकुमारीले टाउकोमा बन्चरो प्रहार गरी गम्भिर घाइते भएका ६५ वर्षीय श्रीमान् चमनसिंहको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply