मादक पदार्थ सेवनपछि आमाको हत्या 

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकामा आमालाई हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीले ३३ वर्षीय भीम बहादुर बलामीलाई शनिबार राती पक्राउ गरेको हो। प्रहरीका अनुसार ककनी गाउँपालिका(३ घर भएका बलामीले ६५ वर्षीया आमा कान्छीलाई टाउकोमा घनले हानेर हत्या गरेका हुन्।

घटनापछि बलामीले शवलाई घरभित्र पत्करले छोपेर भागेका थिए। मादक पदार्थ सेवन गरेका बलामीले किन हत्या गरे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *