काठमाडौं । इन्टरनेशनल वुमन अफ करेजको १६ औं वार्षिक अवार्ड मार्च १४ मा आयोजना गरिदैँ छ । हालै अमेरिकी विदेश मन्त्रालयले भर्चुअलमार्फत २०२२ को अवार्डका लागि अन्तर्राष्ट्रिय साहसी महिलाको रुपमा १२ महिलाहरूको सूची सार्वजनिक गर्यो ।
अमेरिकी राज्य विभागले अन्यायविरूद्ध उभिने साहस भएका १२ जना महिलाहरुलाई सम्मान गर्ने नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको थियो । जहाँ नेपाली महिलाको नाम पनि सूचीकरण गरिएको छ ।
सन् २००७ देखि अमेरिकी राज्य विभागले ८० भन्दा बढी देशका १७० भन्दा बढी महिलाहरूलाई अन्तर्राष्ट्रिय साहसी महिलाहरूको अवार्ड दिँदै आएको छ ।
यसवर्ष अफ्रिका, दक्षिणपूर्वी एसिया, यूरोप, मध्य पूर्व र उत्तर अफ्रिका, दक्षिण र मध्य एसिया, दक्षिण अमेरिकालगायतका देशका महिलाहरुले अवार्ड पाउने भएका छन् ।
यसवर्ष भने विभागले २०२२ को पुरस्कार यी विभिन्न देशका महिलाहरुलाई दिने भएको छ । हेर्नुस् सूचीः
अफ्रिका :

फेसिया बोयेनोह ह्यारिसः उनले लाइबेरियामा महिला अधिकारका लागि आजीवन अधिवक्ताको रुपमा काम गरिरहेकी छिन् । उनले प्यारामाउन्ट यंग वुमन इनिसिएटिभको स्थापना गरिन् र राजनीतिक सहभागिता र सरसफाइदेखि लिएर यौन हिंसासम्मका मुद्दाहरूलाई सम्बोधन तथा अन्य समूहहरुसँग समन्वय गर्छिन्।
रोगचन्द पास्कोः उनले आफ्नो जीवनमा धेरै प्रयासको बाबजुद सुरक्षित समुदाय निर्माण गरेकी छन् । विशेष गरी महिला र बालबालिकाका लागि काम गरिरहेकी छिन्। उनी दक्षिण अफ्रिका केप टाउनमा ऐतिहासिक रूपमा सीमान्तकृत समुदायहरूको शान्ति, न्याय र आर्थिक समावेशीकरणका लागि वकालत गर्ने गर्छिन् ।
दक्षिणपूर्वी एसिया :

ई थिन्जर माउङः उनी बर्माको सेनाले फेब्रुअरी १, २०२१ को कू पछि शान्तिपूर्ण प्रतिरोधको प्रतीकको रूपमा उभिएकी थिइन् । लामो समयदेखि मानवअधिकार र समावेशी सरकारको रक्षक थिन्जर माउङलाई विद्यार्थी युनियन र अल्पसंख्यक भाषामा पढाउन प्रतिबन्ध लगाउने कानुनको विरोध गरेपछि २०१५ मा उनी जेल परेकी थिइन् ।
फाम डोआन ट्राङः उनले भियतनामका लेखक, पत्रकार र ब्लगर, कानूनको शासन, राजनीतिक समावेशीकरण र मानव अधिकारमा सुधारको वकालत गरेकी छन् । डिसेम्बर २०२१ मा, उनलाई ‘राज्य विरोधी प्रचार प्रसार’ गरेको आरोपमा ९ वर्षको जेल सजाय सुनाइयो।
यूरोप :

डोइना गेर्मनः उनी मोल्डोभाको संसद हुन् । उनी महिलाको राजनीतिक नेतृत्वलाई प्रवर्द्धन गर्ने गर्छिन् । घरेलु हिंसाबाट बच्न महिलाहरुलाई सशक्त बनाउँने कार्य गर्छिन्। उनले मानवअधिकार समितिमा पनि काम गरिसकेकी छन् ।
कारमेन घेओर्गेः उनी रोमानियामा महिला समूहहरूको अध्यक्ष हुन् । उनले तेस्रो लिंङ्गीका मुद्दाहरूमा अन्य सार्वजनिक चासो समूहहरूलाई तालिम दिन्छिन् । उनले रोमानियाका लागि राष्ट्रिय एजेन्सी र समुदायहरूलाई समर्थन गर्ने सरकारी नीतिहरू विकास गर्ने काम गरिन्।
मध्य पूर्व र उत्तर अफ्रिका :

तैफ सामी मोहम्मदः उनले इराकमा ३६ वर्षसम्म अर्थ मन्त्रालयमा भ्रष्टाचारविरुद्ध लडेकी छन्। उनी सन् २०१९ देखि इराकका उप–अर्थमन्त्री छिन् ।उनले इराकको ‘आयरन वुमन’ को उपमा पाएकी छिन् ।
नजला मंगौसः उनी मार्च २०२१ मा लिबियाको पहिलो महिला विदेश मन्त्री भइन्। उनले संयुक्त राज्य अमेरिकामा अध्ययन गरेर भर्जिनियाको पूर्वी मेनोनाइट विश्वविद्यालय र जर्ज मेसन विश्वविद्यालयबाट डिग्री हासिल गरीन् । उनले देशको २०११ को क्रान्तिको समयमा लिबियाको राष्ट्रिय संक्रमणकालीन परिषद्को सार्वजनिक संलग्नता एकाइको नेतृत्व गरी नागरिक समाजलाई समर्थन गरीन् ।
दक्षिण र मध्य एसिया

रिजवाना हसनः उनले बंगलादेशमा प्रदूषण, वन फँडानी र गैरकानूनी विकासविरुद्ध अदालतमा मुद्दा जितेकी छिन्। एक वातावरणीय न्याय वकिलको रूपमा उनलाई चिनिन्छ । उनलाई २००९ मा टाइम म्यागेजिनले विश्वको ४० पर्यावरणीय नायकहरु मध्ये एक नाम दिएको थियो ।
भूमिका श्रेष्ठः नेपालकी भूमीका लैङ्गिक अल्पसंख्यक अधिकारको वकालत गर्छिन्। उनी ट्रान्सजेन्डर अधिकारकर्मी हुन् । २०२१ मा सफलता पूर्वक आफ्नो नागरिकता महिलामा उनले परिवर्तन गरिन् । कोभिड–१९ को महामारीको समयमा श्रेष्ठले नेपाल सरकारसँग लेस्बियन, गे, बायसेक्शुअल, ट्रान्सजेन्डर, क्वियर र इन्टरसेक्स समुदायका आवश्यकताहरूलाई समर्थन गर्ने सरकारी नीतिगत स्तरमा सुनिश्चित गर्न वकालत गरिन् ।
दक्षिण अमेरिकाः

सिमोन सिबिलियो डो नासिमेन्टोः उनले लागूपदार्थको तस्करी, संगठित अपराध र भ्रष्टाचारविरुद्ध लडेकी छन् । उनले विवादास्पद मुद्दाहरू, मानवअधिकार उल्लङ्घनका लागि प्रहरी दण्डहीनता, र लैङ्गिक–आधारित हिंसा र सामाजिक कार्यकर्ताहरूमाथि हुने हिंसाको उजागर गरिन्।
जोसेफिना क्लिन्जर जुनिगाः कोलम्बियाकी जुनिगाले मानव अधिकार र वातावरणको रक्षा गर्छिन्। उनी मानो क्याम्बियाडा (बदलिएको हात)को संस्थापकको रूपमा कार्यारत छिन् । उनले दिगो इको–टूरिजम र कोलम्बियाको प्रशान्त तटमा रहेका ग्रामीण समुदायका आदिवासीहरूलाई सशक्त बनाउँन भूमिका खेलेकी छिन् ।

Leave a Reply