काठमाडौं । नेपाली बजारमा बिहीबार प्रति तोला ३ हजार ५ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार ६ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि तेजाबी सुनको मूल्य प्रति तोला एक लाख २ हजार ६ सय रुपैयाँ तोकिएको छ।
यस्तै छापावाल सुनको मूल्य प्रति तोला एक लाख २ हजार रुपैयाँ रहेको छ। बुधबार सुनको मूल्यले नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको थियो।
तेजाबी सुनको मूल्य प्रति तोला एक लाख ५ हजार ५ सय रुपैयाँ पुगेको थियो। महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रति तोला एक हजार ४ सय १५ रुपैयाँ रहेको छ।

Leave a Reply