भिजिट भिषामा सरकारको नयाँ व्यवस्था: क-कसले जान पाउँछन् ?

काठमाडौं । सरकारले पर्यटक भिषामा विदेश जाने सम्बन्धमा नयाँ व्यवस्था ल्याएको छ। अध्यागमन विभागले नयाँ कार्यविधी कार्यान्वयनमा नल्याउँदासम्म गृह मन्त्रालयले पछिल्लो व्यवस्थालाई परिमार्जन गरेको हो।

गृह मन्त्रालयका अनुसार खाडी मुलुकका हकमा कम्तिमा दुईपटक गइसकेको र खाडीभन्दा बाहेककाको हकमा कम्तिमा एकपटक गएकाले भिजिट भिषा जान पाउने छन्।

वार्षिक न्युनतम ५ लाख रुपैयाँ कर योग्य आय भई कम्तिमा सोको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्ध भएका व्यक्तिहरुलाई पनि जान दिइने गृह मन्त्रालयले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *