चेल्सी विक्री गर्नबाट रुसी अर्बपति अब्रामोभिचमाथी बेलायत सरकारको रोक

लन्डन । युरोपियन च्याम्पियन क्लब चेल्सी विक्री गर्ने तयारीमा रहेका रुसी अर्बपति रोमन अब्रामोभिचका सम्पत्तीमाथी बेलायत सरकारले रोक लगाएको छ।

युक्रेनमाथी रुसको आक्रमणको विषयलाई लिएर बेलायतसहित अन्य युरोपेली मुलुकहरुले आपत्ती जनाउन थालेपछि अब्रामोभिच सम्भावित खतरालाई मध्यनजर गर्दै इङ्लिस प्रिमियर लिग क्लब चेल्सी विक्री गर्ने तयारीमा जुटेका थिए।

चेल्सीबाट आम्दानी लैजान नदिनका लागि बेलायत सरकारले यस्तो निर्णय लिएको बिबिसीले जनाएको छ। चेल्सीले अब टिकटहरु विक्री गर्न पाउने छैन । अब्रामोभिचले यसअघि चेल्सी विक्रीबाट आउने पैसा रुस-युक्रेन द्वन्द्वका पिडितहरुलाई दिने बताएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *