एमसीसीलाई सार्वभौमिकतासँग नजोडौं : मन्त्री झाँक्री (भिडिओ)

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसीलाई सार्वभौमिकतासँग जोड्न नहुने बताएकी छन् ।

मन्त्री झाँक्रीले अरु धेरै देशले सो सम्झौता स्वीकार गरेको स्मरण गराउँदै ती देशहरूले कुरा नबुझेको हो त ? भनी एमसीसीका आचोजकहरूलाई पनि प्रश्न गरिन् ।

नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विश्वका आधि दुनिँयामा एमसीसी लागू हुँदा पनि हाम्रो देशमा भने सार्वभौमिकताको कुरा उठाएर चिन्तित भएको भन्दै आपत्ति जनाइन् ।

सरकारले स्वीकार गरेर ल्याएको अनुदान सहायतालाई मुलुकको सार्वभौमिकतासँग जोडेर हेर्न नहुने उनको तर्क छ ।

मन्त्री झाँक्रीले भनिन्, ‘एमसीसी सरकारले स्वीकार गरेर ल्याएको अनुदान हो, सहायता हो । यसलाई संसदमा डिबेट गरेर पास गरियो । अब हामीले गफ गरेजस्तै एमसीसी स्वीकार गर्दैमा अमेरिकन प्राधिकार यहाँ लागू हुने हो त ? त्यो हो भने त हामीभन्दा अर्को आधा दुनियाँ त हुन्छ भन्ने छ नि त । उनीहरूले के कुरा नबझुको हो ? हामी मात्रै सोभरेन्टीको लागि यति साहे चिन्तित भएको हो त ? त्यसो त नहोला ।’

Comments

One response to “एमसीसीलाई सार्वभौमिकतासँग नजोडौं : मन्त्री झाँक्री (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    घुस्याहा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *