नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्ने

काठमाडौं । नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ–एन्फाका अनुसार नेपालले उक्त खेल आगामी मार्च २४ तारिखमा थाइल्यान्डको चोन बुरीमा खेल्ने छ।

मार्च २७ तारिखमा स्थानीय क्लबसँग पनि खेल्ने छ। एसिया कप छनोटको तयारीका लागि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यसअघि घरेलु मैदानमा गत महिना मौरिसससँग भएको दुई वटा मैत्रिपूर्ण खेल नेपालले समान १-० गोलले जितेको थियो। नेपालले जुनमा एएफसी कप छनोट खेल्दै छ।

थाइल्यान्ड फिफा वरियतामा अहिले एक सय १२ औँ स्थानमा छ। नेपाल एक सय ६७ औँ नम्बरमा छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *