श्रीमती हत्यामा संलग्न श्रीमान ६ वर्षपछि कतारबाट पक्राउ

काठमाडौं । श्रीमती हत्यामा संलग्न श्रीमान ६ वर्षपछि पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यलय ईन्टरपोल शाखाको समन्वयमा कतारबाट कतार प्रहरीको सहयोगले सिराहाको बिसनपुर गाउँपालिका पाँचका ४० वर्षका विक्की मुस्कान भन्ने भोगेन्द्र यादव सोमबार नेपाल ल्याई थप अनुसन्धानका लागी महानगरिय अपराध महाशाखालाई बुझाईएको छ ।

यादवले २०७२ बैशाख १५ गते विहान साढे ९ बजेको समयमा सिराह बिसनपुर गाउँपाकिला स्थायी घर भएकी २५ वर्षकी श्रीमती आरती परियारलाई ललितपुरको लेले नौ फैडोल स्थित पीआईए पार्क जाने बाटोको जंगलमा धारिलो हतियारले घाटी रेटी हत्या गरेका थिए । उक्त घटनामा संलग्न यादवलाई थप अनुसन्धान र आवश्यक कानुनी कारवाहीका लागि महानगरीय प्रहरी वृत चापागाउँ ललितपुर पठाईएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *