कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, एमाले अनुपस्थित

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा सुरु भएको । संसद बैठक सुरु हुनुअघि बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) भने अनुपस्थित छ ।

सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो समय लगातारजसो कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिरहेका छन । एमालेको अवरोध कसरी हटाउने र उसले अवरोध जारी राखे संसदलाई कसरी क्रियाशील बनाउने भन्नेबारे बैठमा छलफल हुने बताइएको छ।

एमालेले भने आफ्नो दल विभाजनमा सभामुख सहयोगी बनेको भन्दै संसद अवरोध जारी राख्नेदेखि सभामुखले बोलाएका बैठक बहिष्कार गर्नेसम्मका गतिविधिलाई निरन्तरता दिइरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *