काठमाडौं । नेपाली कांग्रेस अछामको सभापतिमा दोस्रो चरणको मतदान हुने भएको छ । सभापतिका उम्मेदवार पुष्पबहादुर शाह र भरतकुमार स्वाँरले कुल मतको ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा चुनाव हुने भएको हो ।
दोस्रो चरणको मतदान आज बिहान १० बजेबाट सुरु भएको छ ।
दुई उपसभापतिमा पाँचजना प्रतिस्पर्धामा छन् । चन्द्रप्रसाद ढुंगाना, टेकबहादुर साउँद, धनबहादुर शाह, नयाँराम बजगाईं र ललितबहादुर कुँवर चुनावी मैदानमा छन् ।

Leave a Reply