रुसले युक्रेनका दुई शहरमा गर्‍यो अस्थायी युद्धविरामकाे घोषणा

काठमाडौं । युक्रेनमाथि आक्रमण गरेको दशौं दिनमा रुसले अस्थायी युद्धविरामको घोषणा गरेको छ। युक्रेनका दुई शहर मरियपोल र भोल्नोवाखाबाट सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ निस्कनका लागि अस्थायी युद्धविराम घोषणा गरिएको हो।

रुसको रक्षा मन्त्रालयले युक्रेनी सहर मारिओपो र भोल्नोभाखाबाट शनिवार मस्को समय अनुसार १० बजेबाट मानवीय सहयोग मार्ग खुल्ने जनाएको छ।

त्यहाँबाट आमनागरिकलाई निस्कन सहज गर्न युक्रेनी अधिकारीहरूसँग सहमति गरिएको रुसी रक्षा मन्त्रालयलाई जनाउँदै त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसअघि मारिओपोका नगरप्रमुखले जारी नाकाबन्दीबीच रुसी फौजबाट ‘क्रूर हमलाहरू’ भइरहेको भन्दै मानवीय मार्ग माग गरेका थिए।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *