काठमाडौं । काठमाडौं महानगरपालिका-४ विशालनगरमा रहेको एक मोबाइल पसल मध्यरातमा फोरेर चोरी गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुरज इलेक्ट्रोनिक्स मोबाइल पसलको पछाडिबाट फुटाई १६ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको मोबाइल चोरी भएको थियो ।
पक्राउ पर्नेमा गोरखाको गण्डकी नगरपालिका-५ स्थायी घर भई २४ वर्षीय सुरेश गिरी र बाँकेको बुढानिलकण्ठ बस्ने २२ वर्षीय गणेश क्षेत्री रहेका छन् ।
उनीहरुको साथबाट ८ थान सिल प्याक मोबाइल, ५ थान पुराना मोबाइल र ६ थान स्मार्ट घडीसहितका सामानहरु छन्।

Leave a Reply