सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा लगाइएको कर्फ्यु साँझ सात बजेबाट हट्ने भएको छ ।जिल्ला प्रशासन कार्यालयले हिजो साँझबाट लगाइएको कर्फ्यु आज साँझ सात बजेबाट हटाउने जनाएको हाे ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाल रिजालले अवस्था शान्तिपूर्ण देखिएकाले आदेश हटाइने बताए ।
उनले भने, ‘कर्फ्यु अवधिमा कुनै प्रदर्शन भएनन्, शान्तिपूर्ण नै देखिएकाले सात बजेदेखी नै कर्फ्यु हटाउँदैछौं । सोमबार बढी प्रदर्शन भएको क्षेत्रमा भने निषेधाज्ञा तोक्दैछौं ।’
प्रशासनले निषेधाज्ञा तोकेका क्षेत्रहरुमा यरिचोक, मंगलगढी चोक र हटिया क्षेत्र रहेको छ । केही क्षेत्रमा आदेश जारी रहनसक्ने उनले बताए ।


Leave a Reply