तस्बिरमा जनकपुरको महाशिवरात्री

जनकपुरधाम । आज महाशिवरात्री । देशभरीका शिवालयहरुमा दर्शनार्थीको घुईंचो लागेको छ । यस्तै जनकपुरमा रहेका शिवालयहरुमा पनि पूजापाठ गर्ने श्रद्धालुहरुको अत्यधिक भीड छ ।

जनकपुरस्थित स्वर्गद्धारी र कपिलेश्वर महादेव मन्दिरमा पूजापाठ गर्न श्रद्धालुहरु उर्लिएका छन् । विहानैदेखि मन्दिरमा अत्यधिक भीड लाग्दा सडक समेत जाम भएको छ ।

मन्दिरलाई विशेष सजाइएको छ । मन्दिरहरुमा साँस्कृतिक र धार्मिक कार्यक्रम समेत आयोजना गरिएको छ । भगवान शिवको गितनादले श्रद्धालुहरु झुमेका छन् ।

आज भगवान शिवको नाममा ब्रत (उपबास) बस्ने चलन छ । विशेषगरी महिलाहरु र साधुसन्त ब्रत बस्ने गर्छन् ।

उनीहरु आज जनकपुरको ऐतिहासिक गंगासागर लगायतका पोखरीमा स्नान गरेर भगवान शिवलाई मन पर्ने दूध, धतुरो र बेलपत्र चढाएका छन् । यसो गर्दा सर्वसिद्धि लाभ हुने जनविश्वास छ ।

यस्तै आज रातभर जाग्राम बस्ने चलन पनि छ । जनकपुरको शिवालयहरुमा साधु सन्तहरु धुनी जगाएर भजनकीर्तन गर्दै रात बिताउने गर्छन् ।

शिवरात्रीलाई भगवान शिवको रात्रीको रुपमा लिइन्छ । त्यसैले श्रद्धालुहरु रातभर जाग्राम बस्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *