काठमाडौं । भक्तपुरको लोकन्थलीमा तीनवटा शंकास्पद वस्तु भेटिएको छ ।
लोकन्थली चोकमा शंकाष्पद तरिकाले तीनवटा प्रेसरकुकर राखिएको देखिएपछि बम हुन सक्ने आशंकामा डिस्पोजको तयारी गरिएको छ ।
हिजो काठमाडौंको बानेश्वरमा पनि संसद भवनको मुलद्वारअगाडि बीच सडकमा प्रेसकुकर राखिएको थियो । तर, डिस्पोज टिमले हेर्दा प्रेसरकुकरभित्र इँटाका टुक्रा र कागज भेटिएको थियो ।

Leave a Reply