लुम्बिनी : खेलकुद परिषद् र अस्पताल व्यवस्थापन समितिमा नयाँ नियुक्ति

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेश खेलकुद परिषद् र अस्पताल व्यवस्थापन समितिमा नयाँ नियुक्ति गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताए ।

बैठकले रुकुम पूर्व अस्पतालमा गणेश ओली, गुल्मी अस्पतालमा भरत पाण्डे, बर्दिया अस्पतालमा नारायण गौतम, रोल्पा अस्पतालमा फविन्द्र आचार्य, पाल्पा अस्पतालमा नेत्र पाण्डे, बर्दिया आयुर्वेद अस्पतालमा कृष्ण प्रसाद अहिर र पृथ्वीचन्द्र अस्पताल नवलपरासी अस्पताल विकास समितिको अध्यक्षमा महेन्द्र गुप्तालाई नियुक्त गरेको छ ।

यस्तै, अर्घाखाँची अस्पतालमा कृष्णप्रसाद खनाल, कपिलवस्तु तौलिहवा अस्पतालमा शिवलाल यादव, गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिमा धर्मराज पाण्डे, कपिलवस्तु आयुर्वेद अस्पतालमा विष्णुप्रसाद पाण्डे, पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रको तानसेनमा कलम रायमाझी, रामपुर अस्पतालमा रामप्रसाद ढकाल, प्यूठान अस्पतालमा पितबहादुर महरा क्षेत्री र प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीमा विष्णुप्रसाद आचार्य अध्यक्ष चयन भएका छन् ।

त्यसैगरी, प्यूठान अस्पतालमा चन्द्रप्रसाद श्रेष्ठ, भिम अस्पताल भैरहवा अस्पतालमा कुल प्रसाद न्यौपाने, रोल्पा आयुर्वेद विकास समितिको अध्यक्षमा झक्कुप्रसाद न्यौपानेलाई सरकारले नियुक्त गरेको छ ।

यसैगरी प्रदेश खेलकुद परिषद्का सदस्यमा रुपन्देहीका जयप्रकाश भट्टराई, कोशिशबहादुर खड्का, अर्जुन घिमिरे, सालामुद्दीन अन्सारी र राजकुमार पाण्डे नियुक्त भएका छन् ।

यस्तै, पाल्पाका निरोज मास्के, अच्युत पाण्डेय, नवलपरासीपश्चिम नाथु सिंह, प्यूठानका बरुणध्वज मल्ल, अर्घाखाँचीका कृष्णबहादुर सारु, रोल्पाका हरिबहादुर वली, बर्दियाका नरेन्द्र शर्मा, बाँकेका नरेन्द्र थापा, दाङका टेकबहादुर विश्वकर्मा, रुकम पूर्वका दुतबहादुर पुनमगर, गुल्मीका भरत थापालाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेश सहकारी (दोस्रो संशोधन) नियामावली २०७८ स्वीकृत गरेको छ ।

यसैगरी गरी आर्थिक वर्ष २०७८/२०७८ को वार्षिक कार्यक्रम अन्तर्गत सहकारी तथा गरिबी निवारणसँग सम्बन्धित कार्यक्रम कार्यन्वयनका लागि कार्यविधि स्वीकृत गरेको छ ।

बैठकले प्रदेशको राजधानी निर्माणको कामलाई थप प्रभावकारी एवम् तीव्रता प्रदान गर्नका लागि राजधानी निर्माण आयोजना कार्यान्वयन इकाइ स्थापना गर्ने, प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन कार्यविधि २०७६ को पहिलो संशोधन स्वीकृत गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *