कर्णालीमा तीन महिनापछि संसदीय समिति बैठक बस्यो

सुर्खेत । कर्णाली प्रदेश सभा तीन महिनापछि संसदीय समितिको बैठक बसेको छ ।

तीन महिनापछि बसेको प्रदेशसभाको सामाजिक विकास समितिको बैठकले सामाजिक विकास मनत्रालयका मन्त्री सहितको टिमलाई आवश्यक छलफलका लागि बोलाउने निर्णय भएको समितिका सचिव राजेन्द्र पौडेलले बताए ।

उनका अनुसार बैठकमा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथि छलफल भएको थियो ।

‘छलफलका क्रममा समितिले विश्वविद्यालय स्थापना, सञ्चालनका बारेमा आवश्यक तयारी, विधेयकलाई पूर्णता दिन आवश्यक सुझाव र विधेयकमाथि परेका संशोधन प्रस्तावमाथि सरकारको आधिकारिक राय माग गर्नका लागि मन्त्रीसहितको टोलीलाई बोलाउने निर्णय भएको छ,’ उनले भने, ‘आजैको बैठकमा समितिमा रहेका सदस्य कृष्णा शाहको विदाई तथा नरेश भण्डारीलाई स्वागत गरिएको हो ।’

यसैबीच, समितिले नारी दिवसको अवसरमा आगामी ८, मार्चमा सरोकारवालासँग वृहत अन्तरक्रिया गर्ने निर्णय समेत गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *