पल शाह अभिनित ‘म यस्तो गीत गाउँछु’ को प्रिमियर आज, के होला व्यापार ?

काठमाडौं । नायक पल शाहका लागि आजको दिनमा नमिठो संयोग परेको छ । उनीविरुद्द जबरजस्ती करणीमा जाहेरी परेको दिन उनको नयाँ चलचित्रको प्रिमियर हुँदैछ । कीर्तिपुरको एउटा हलमा बेलुकी ६ बजे ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर राखिएको हो ।

फिल्मको प्रिमियर हुनुभन्दा करिब एक घन्टा अघि सञ्चारमाध्यममा पलमाथि एक गायिकाले जाहेरी दिएको समाचार छ्याप्छ्याप्ति भएका छन् । यसले प्रिमियर कार्यक्रम खल्लो त हुने नै छ, चलचित्रको व्यापार पनि सन्देहमा परेको छ ।

सुदर्शन थापा र पुजा शर्माद्वारा निर्मित म यस्तो गीत गाउँछु २ मा पल शाह मुख्य भूमिकामा छन् । नायक नै गम्भीर अपराधका आरोपि भएपछि चलचित्र हेर्न दर्शक आउलान् त भन्ने सन्देहमा परेको छ निर्माण पक्ष । यो चलचित्र कोरोनाका कारण २ वर्ष रोकिएको थियो । कोरोनाको दोस्रो लहर सकिएर हलहरु खुलेसँगै आगामी १३ गते फिल्म रिलिजको मिति तोकिएको छ ।

यस चलचित्रमा पल शाहको जोडीका रुपमा निर्मात्री पुजा स्वयम्ले अभिनय गरेकी छन् । चलचित्रको पब्लिसिटीका लागि निकै खटिएका थिए । निर्माण पक्षका अनुसार २ वर्ष अगाडि नै फिल्मको पब्लिसिटीका लागि ५० लाख खर्च भइसकेको थियो । तर, समयमा रिलिज हुन नसक्दा ठूलो आर्थिक क्षति भयो ।

यस चलचित्रले हलमा दर्शक फर्काउन सक्छ वा सक्दैन भन्नेमा सिंगो चलचित्र जगतले चासोका साथ हेरिरहेको थियो । यसअघि भारतीय चलचित्रहरुमा दर्शकको भिड लागे पनि कोरोनापश्चात नेपाली चलचित्र क्षेत्र भने बौरित सकेको छैन ।

Comments

One response to “पल शाह अभिनित ‘म यस्तो गीत गाउँछु’ को प्रिमियर आज, के होला व्यापार ?”

  1. Devi Prasad subedi Avatar
    Devi Prasad subedi

    पललाई जे भए पनि पूजा र सुदर्शनले हैरानी भोग्नु पर्ने भो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *