कांग्रेसले समेत सभामुखको राजीनामा माग्ने भएपछि एमसीसी टेबल गर्न दियौं : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेस नै सभामुख हटाउने खेलमा लागेपछि संसदमा एमसीसी सम्झौता टेबल गर्न दिइएको खुलासा गरेका छन् ।

माओवादी केन्द्रको वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेसले समेत सभामुखको राजीनामा माग्ने स्थितिमा पुगेपछि सभामुख अग्नि सापकोटाले एमसीसी टेबल गर्न दिएको बताएका हुन् ।

कांग्रेससमेत सभामुखको विपक्षमा वेल घेराउ गर्न जाँदा देश दुर्घटनामा पर्ने भएपछि आफूहरू पछि हटेको प्रचण्डको दाबी छ । अध्यक्ष प्रचण्डले फागुन ८ गते एमसीसी पेस गर्न नदिएको भए सरकार र प्रमुख प्रतिपक्ष दुवै रोष्टममा पुगेर सभामुखको राजीनामा माग्ने अवस्था बनेको बताए ।

प्रचण्डले भने, ‘सभामुख बचाउन र गठबन्धन जोगाउन एमसीसी टेबल गर्न दिइएको हो कमरेडहरू । हामीले संशोधनबिना टेबल हुन नदिने धेरै प्रयास गरेको हो तर सकेनौं । चुनावपछि गरौं भन्दा पनि भएन । संसदमा दर्ता भइसकेको प्रस्ताव रोक्ने सम्भव पनि छैन ।’

अध्यक्ष प्रचडले एमसीसीमार्फत देशमा पुनः प्रतिगमन गराउने खेल भइरहेको भन्दै एमसीसीमार्फत जनयुद्धका उपलब्धीमाथि प्रहार गर्न खोजिएको बताए । प्रचण्डले एमसीसी माओवादीले पारित नगर्ने बैठकमा बताएका प्रदेश कमिटी सदस्य तारानारायण श्रेष्ठले जानकारी दिए ।

प्रचण्डको भनाइ थियो, ‘कांग्रेससमेत सभामुखको राजीनामा माग्ने ठाउँमा पुग्न नदिन टेबल गर्न दिइएको हो । हामीले यसलाई संसदीय समितिमा पठाएर चुनावपछिसम्म लैजान चाहेको हो तर सकिएन । अब टेबल भएको छ तर हामी यसको विपक्षमा मतदान गर्छौं ।’

Comments

5 responses to “कांग्रेसले समेत सभामुखको राजीनामा माग्ने भएपछि एमसीसी टेबल गर्न दियौं : प्रचण्ड”

  1. Suresh Thapa Magar Avatar
    Suresh Thapa Magar

    Bhanesi satta ra sabhamukh sanga MCC sateko prasta bhayena ra, dohoro raajniti garne din gaye aba

  2. Subodh Raj Pyakurel Avatar
    Subodh Raj Pyakurel

    जे हो शत्तामात्र हो , जनशत्ताको नाममा वा अरु कुनै ।कार्यनीति भनेको सरकारमा पुग्नु हो, जालझेल षडयन्त्र सेटिङ जे जे गर्नुछ गरेर भएपनि।लक्ष केवल र केवल तथाकथित नेतालाई पदमा विराजमान गराउनु हो, हजारौंको जीवन सार्वजनिक सम्पत्तिको ध्वंसाखान देखि विदेशीको भरियागिरी गरेर भएपनि।प्रचण्डपथ यही भाष्यको अर्को स्पष्ट सत्य नाम हो ।छर्लङ्ग पार्नुभएकोमा धन्यवाद प्रचण्डलाई ।

    1. ksp pyl Avatar
      ksp pyl

      भनेपछि राष्ट्रघाती एमसिसिभन्दा सभामुख प्याराे भयाे ? सभामुख जाेगाउन एमसपसि टेबुल गर्न दिएकाे ? यस्ता नकचराे, लाज नभएकाे दलाल पनि नेता ? हे मूर्ख केही बाँकी झाेलेहरू हाे यसलाई खुरूक्क छाेडिदेओ । याे मानव हुन लायक मानिस नै हाेईन ।

    2. Deshvakta Avatar

      Yo chtiya jhole hsnuman hunuko ni had hunch bi hai

  3. shojhoketo Avatar

    सभामुख आफ्नै बिवेकले निर्णय गर्दा रहेछन् कि प्रचण्डको निर्देशन अनुसार भन्ने कुरा झनै प्रष्ट भएन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *