काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको सदस्यमा मनोनित भएकी छन् ।
मदन भण्डारी फाउन्डेसनकी उषाकिरणलाई जिल्ला कमिटीको प्रथम पूर्ण बैठकले सदस्यमा मनोनित गरेको हो ।
फागुन ३ गतेदेखि सुरु मंगलबार सकिएको पूर्ण बैठकबाट जिल्ला कमिटी सदस्य मनोनित भएसँगै उनको पार्टी राजनीतिमा औपचारिक प्रवेश भएको छ । उनी यसअघि अखिल नेपाल महिला संघमा पनि सक्रिय थिइन् ।
भारतको दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्रास्ट्रिय मामिलामा एमए गरेकी भण्डारी मदन भण्डारी मेमोरियल कलेजको अध्यक्षसमेत थिइन् ।

Leave a Reply