काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ५०० तोकिएको छ । यसको मूल्य सोमबार प्रतितोला ९१ हजार ७०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ३१५ पुगेको महासङ्घले जनाएको छ ।

Leave a Reply