प्रचण्डको प्रष्टोक्ति- पहिले नै एमसीसीको विरोधमा उभिने निर्णय गरेका हौं, प्रदर्शनमा प्रहरी दमन निन्दनीय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहायता परियोजना एमसीसीका विपक्षमा उभिने आफूहरुले पहिले नै प्रष्ट पारिसकेको बताएका छन् । विवाद र आफूहरूको विरोध बीच सरकारले एमसीसी टेबल गरेको प्रचण्डको भनाइ छ।

‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ,’ सामाजिक संजालमा प्रचण्डले लेखेका छन्, ‘हाम्रो पार्टी र संसदीय दलले एमसीसी का विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ।’

एमसीसीको विरोधमा उत्रिएकालाई प्रहरी दमन गरेको भन्दै प्रचण्डले विरोध गरेका छन् । उनले भनेका छन्, ‘एमसीसी टेबल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

Comments

One response to “प्रचण्डको प्रष्टोक्ति- पहिले नै एमसीसीको विरोधमा उभिने निर्णय गरेका हौं, प्रदर्शनमा प्रहरी दमन निन्दनीय”

  1. Pushkler Kadel Avatar
    Pushkler Kadel

    आफूलाई राजनीतिक लाभ हुन्छभने प्रचण्ड जस्तोसुकै कदम चाल्न तयार हुन्छन्, देशको हित अहित केही हेर्दैनन् उनको व्यवहारले पुष्टि गरेको छ। आज भएको आगजनी र तोडफोडको त के कुरा हिजो जनधनको क्षति र छोराको मृत्युमा पनि राजनीतिक लाभ देखेका थिए। प्रचण्डको द्वैध चरित्रबाट देश जोगाउन सक्रिय हौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *