इनरुवाको मेयरका प्रत्यासी प्रभावशाली कांग्रेस नेता मेहता एमालेमा प्रवेश

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा मधेशका हस्तिहरु धमाधम नेकपा एमालेमा प्रवेश गर्न थालेका छन् ।

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु कार्यकाल सकिने पूर्वसन्ध्यामा एमाले प्रवेश गरिरहेका बेला सुनसरीको इनरुवा नगरपालिकाका पराजित मेयर उम्मेदवार मनोज कुमार मेहता शुक्रवार एमालेमा प्रवेश गरेका हुन् ।

इनरुवाका प्रभावशाली युवा नेता तथा व्यवसायी मेहता एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर पार्टीी प्रवेश गरेयका हुन् ।
एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीको उपस्थितीमा भएको पार्टी प्रवेश कार्यक्रममा मेहतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका, माला र खादा लगाएर स्वागत गरेका थिए ।

नेपाली काँग्रेसको राजनीतिमा लामो समय विताएका मेहता पछिल्लो स्थानीय तह निर्वाचनमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट मेयरको उम्मेदवार भई २ हजार ७ सय मत प्राप्त गरेर तेस्रो स्थानमा थिए ।

फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएसँगै उनी पुनः कांग्रेसमा क्रियाशील थिए ।पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका तत्कालीन सभापति स्व।गिरिजा प्रसाद कोइराला, काँग्रेसका प्रभावशाली नेता बिजय गच्छदारसँग नजिक रहेर काम गरेका मेहताको एमाले प्रवेशले इनरुवामा करीव एक हजार मतले पराजित भएको एमालेलाई जित सहज भएको नेताहरुले बताएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *