सहसचिव मुकुन्दप्रसाद निरौला सचिवमा बढुवा

काठमाडौं । सरकारले गृहमन्त्रालयका सहसचिव मुकुन्दप्रसाद निरौलालाई सचिवमा बढुवा गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीले नेपाल प्रेससँग भने, ‘तीनजना सहसचिवको नाम बढुवाका लागि गएको थियो । सबैभन्दा सिनियर को छ त्यसैलाई गरौं भन्नेमा सबैको जोड रह्यो । त्यसैले निरौला नै सचिवमा बढुवा गर्ने निर्णय गरियो ।’

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा १० दिनअघि बसेको बढुवा सिफारिस समितिले बैठकले सचिव बढुवाका पहिलो नम्बरमा निरौला, दोस्रो नम्बरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंह र तेस्रो नम्बरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालको नाम सिफारिस गरेको सिफारिस गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *