हत्या गरेर फरार रहेका एक व्यक्ति ३७ बर्षपछि पक्राउ

काठमाडौं । हत्या गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले २७ वर्षपछि पक्राउ गरेको छ । ललितपुरको गोदाबरी नगरपालिका १० का ५६ वर्षका सुन बहादुर तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले बुधबार ललितपुरको चापागाँऊबाट पक्राउ गरेको हो ।

पक्राउपछि व्यूरोले तामाङलाई जिल्ला अदालतमा पेश गरिसकेको व्यूरोका प्रवक्तासमेत रहेका उप–निर्देशक प्रहरी उपरीक्षक (एसपी) श्याम कुमार महतोले जानकारी दिए ।

पक्राउ परेका तामाङले स्थानीय घटेरो कान्छो भन्ने गणेश बहादुर नगरकोटीमाथी २०४१ साल चैत १२ गते कुटपिट गरेपछि मृत्यु भएको थियो ।त्यसपछि तामाङलाई कर्तब्य ज्यान मुद्दामा ललितपुर जिल्ला अदालतले २०४४ साल जेठ पाँच गते साविक मुलुकी ऐन बमोजिम मुद्दा मुल्तवीमा रहने गरी फैसला गरेको थियो । जस अन्तरगत ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले उनलाई पक्राउ गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *