एमालेबाट निर्वाचित पालिका अध्यक्ष क्षेत्रीद्वारा पार्टी परित्याग

सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले नेकपा एमाले परित्याग गरेका छन् ।

पार्टीभित्र व्यक्तिवादी र सामन्तीवादी प्रवृति मौलाउँदै गएको भन्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

एमाले सिन्धुपाल्चोकको जिल्ला अध्यक्षका दावेदार रहेका क्षेत्रीले सहमतिमा नै नेतृत्व चयन गर्न आफूले मार्गप्रसस्त गरेपनि कुनै छलफल नभएको भन्दै विज्ञप्तीमार्फत चित्त दुखाएका छन् ।

२०३८ मा एमालेको विद्यार्थी संगठनबाट राजनीतिक जीवन सुरु गरेका उनले जिल्ला अध्यक्ष हुँदै अञ्चल कमिटी सदस्य तथा नवौं र दशौं महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषद्‍मा निर्वाचित भएका थिए ।

Comments

2 responses to “एमालेबाट निर्वाचित पालिका अध्यक्ष क्षेत्रीद्वारा पार्टी परित्याग”

  1. ksp pyl Avatar
    ksp pyl

    अलिकति पद नपाउने बितिक्कै पार्टी छाेडी हाल्नेले किन पार्टीमा लाग्नु ? आफूले पद पाए ठिक अनि अर्काेले पाउने बितिक्कै पार्टी नै छाेड्ने पनि नेता बन्न सक्छ ? अन्याय नै परेकाे भए पनि पार्टी मै बसेर संघर्ष गर्ने पाे नेता । यी त अर्काे पार्टीमा पद पाउने भएर हाेला हिडिहालेकाे ।

  2. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    छोड्नु गलत हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *